बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

सोमबार, ०५ साउन २०८२, २२ : ४९
सोमबार, ०५ साउन २०८२

सारांश

  • कैलालीको कैलारी गाउँपालिका र मोहनपुर जोड्ने मोहना नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ।
  • पुल नहुँदा स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए भने वर्षायाममा जोखिम मोल्नुपर्ने बाध्यता थियो।
  • संघीय सरकारको सहरी विकास मन्त्रालयले ३ करोड ४३ लाखमा झोलुङ्गे पुल निर्माण गरेको हो।

कैलाली । यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो । स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा पानीको प्रवाह बढेपछि गाउँलेहरुले झनै समस्या भोग्थे । सो स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ ।

‘पुल नहुँदा काठे नाउँको भरमा वारपार गर्नुपर्ने बाध्यता थियोे, वर्षायाममा झनै जोखिम हुन्थ्यो,’ स्थानीय कृष्णकुमार चौधरीले भने, ‘पुल निर्माणपश्चात् यहाँका नागरिकलाई राहत मिलेको छ ।’ स्थानीयका अनुसार वडा नं ३ को मोहनपुरमा झण्डै ९६ घर छन् ।

पुल नहुँदा सबैभन्दा बढी समस्या विद्यालय जाने बालबालिकालाई हुने गरेको थियो । स्थानीयवासी साँझ, बिहान बजारबाट सामान लिन जाँदा समेत नदी वारपार गर्न नाउ प्रयोग गर्नुपर्दथ्यो । हालैमात्र पुल सञ्चालनपश्चात् सहजै आवतजावत गर्न सकिएको छ ।

सङ्घीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत ‘सस्पेन्सन ब्रिज डिभिजन’को रु तीन करोड ४३ लाखमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप