कारागारबाट छुट्ने भन्दा थपिने बढी
सारांश
- चितवन कारागारमा एक वर्षमा छुटेर जानेभन्दा थपिने कैदीबन्दीको संख्या बढेको छ।
- गत आर्थिक वर्षमा ८०८ जना नयाँ कैदीबन्दी थपिएका थिए भने ६७२ जना मात्रै छुटेका थिए।
- कारागारमा दुई जना कैदीबन्दीको मृत्यु भएको छ, जसमध्ये क्यान्सर रोगका कारण मृत्यु भएको हो।
चितवन । कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो ।
कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८ सय ८ जना कैदीबन्दी नयाँ थपिएका छन् । यस्तै, सोही समयमा ६ सय ७२ जना छुटेको उनले जानकारी दिए । उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १ सय ५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का हुन् भने अन्य चितवनका छन् ।
गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १ सय ४५ जना छ । यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी ६ जना रहेको उनले जानकारी दिए।
उक्त अवधिमा ४२ जनाले ‘प्यारोल’ सुविधा लिएका छन् । प्यारोल सुविधाका लागि एक वर्षभन्दा बढी कैद तोकिएका र दुई तिहाइ कैद भुक्तान गरेका हुनुपर्ने हुन्छ ।
कारागारमा गत आर्थिक वर्षमा दुई जना कैदीबन्दीको मृत्यु भएको उनले जानकारी दिए । क्यान्सर रोगका कारण उनीहरूको मृत्यु भएको हो । अहिले कारागार कार्यालयमा ७ सय ३० जना छन् । जसमध्ये ६ सय ८४ जना पुरुष र ४६ जना महिला रहेका छन् । तीसँग आश्रित पाँच जना बालबालिका रहेका छन् । कारागारमा ४ सय ७० पुरुष र ३५ जना महिला राख्ने क्षमता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण