बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मौलिक तीज गीत 'श्रीमानज्यू' सार्वजनिक

मङ्गलबार, ०६ साउन २०८२, ०७ : ५०
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • गायिका कविता अर्यालको तीज गीत 'श्रीमानज्यू' सार्वजनिक गरिएको छ ।
  • कार्यक्रममा नारायण रायमाझीले मौलिक गीतको प्रशंसा गर्दै कलाकारलाई सेन्सर गर्न आग्रह गरे ।
  • गीतमा रमेश परियारको शब्द, कविता अर्यालको स्वर र शंकर बिसीको निर्देशन रहेको छ।

काठमाडौँ । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो। 

कार्यक्रममा गायक, सङ्गीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पङ्गेनी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, निर्देशक शंकर बिसी, गोविन्द गिरी, हरिबल्लभ नेपाल लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा नारायण रायमाझीले पछिल्लो समय तीजका अवसरमा भड्किला गीतहरूले चर्चा कमाइरहेको समयमा मौलिक गीत सार्वजनिक गरेकोमा खुसी व्यक्त गरे । उनले भने – ‘कुनै एक व्यक्ति वा संस्थाले मात्र साङ्गीतिक क्षेत्रमा भएको विकृतिलाई हटाउन सक्दैन । त्यसको लागि प्रत्येक कलाकारले आफैँलाई सेन्सर गर्नु पर्छ ।’ 

गायक शर्माले आजका श्रीमतीलाई घरमा मात्र सीमित बनाउन नहुने बताए । नारीको इच्छा बुझेर करिअर निर्माणका लागि श्रीमानहरुले पनि उत्प्रेरित गर्नु पर्नेमा जोड दिए । 

गायक पंगेनीेले गीत संगीतमा देखिएको विकृतिले साङ्गीतिक क्षेत्रलाई धुमिल बनाउने हुँदा चलचित्रमा जस्तै सेन्सरसिपको आवश्यकता भएको धेरै अगाडिदेखि महसुस गरेको बताए । कविता अर्यालको सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै मौलिक गीत सार्वजनिक गरेकोमा बधाई दिए । 

सार्वजनिक गीतमा कविता अर्यालको स्वर, रमेश परियारको शब्द तथा संगीत छ । कृष्ण केसीले संगीत संयोजन गरेको गीतलाई खड्का बार्बुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । शंकर बिसीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतकाे भिडियोमा लोसिना लामिछानेले कम्मर मर्काएकी छिन् । दुर्गा पौडेलले छायाङ्कन गरेको भिडियोलाई नवीन घर्तीले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप