देशको राजनीति बीपीले अपनाएको नीतिको जगमा उभिएको छ : देउवा
सारांश
- शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिको जगमा देशको राजनीति उभिएको बताए।
- बीपी कोइरालाको सङ्घर्ष र मूल्य मान्यताले देश र कांग्रेसलाई आजको अवस्थामा पुर्यायो।
- देउवाले कांग्रेस बलियो भए राष्ट्रिय शक्तिहरूसँगको मेलमिलापले देश समृद्ध हुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अहिलेको राजनीति विपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन् ।
आज ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाको सङ्घर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितिमा ल्याएको बताए । पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर सङ्घर्ष गरिरहेका बीपी राष्ट्रियता कमजोर भयो भनेर स्वदेश फर्कनु चानचुने कुरा नभएको उल्लेख गरे ।
देउवाले आफूहरू राजनीतिका कठिन दिन भोगेर र सङ्घर्ष गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन कांग्रेस बलियो बन्नुपर्ने धारणा राखे । बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबिचको मेलमिलापले राष्ट्र समृद्ध हुने उनको भनाई थियो ।
राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठुलो कुरा भएको बीपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताए । कोइराला राजनीतिज्ञ मात्रै नभई साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको देउवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण