मदन पुरस्कार २०८१ का लागि पुस्तकहरूको श्रेष्ठ-सूची सार्वजनिक
सारांश
- मदन पुरस्कार गुठीले वि.सं. २०८१ को मदन पुरस्कारका लागि छनौटमा परेका पुस्तकहरूको श्रेष्ठ-सूची सार्वजनिक गरेको छ।
- यस वर्ष उरमाल, छालबाटो, दर्ज्यु संलाप, पञ्चतत्त्वको पालाम, बहुरुपी, भिक्षु, व्यापार र विद्रोह, र हिउँको गीत छनौटमा परेका छन्।
- २०१२ सालमा स्थापित गुठीले सुरु गरेको पुरस्कारको राशी २०७५ देखि ४ लाख पुगेको छ।
काठमाडौँ । मदन पुरस्कार गुठीले मंगललबार वि.सं. २०८१ को मदन पुरस्कारका लागि छनौटमा परेका पुस्तकहरूको श्रेष्ठ-सूची सार्वजनिक गरेको छ।
छनोटमा परेका पुस्तकहरुमा उरमाल (छुदेन काविमो), छालबाटो : कैलाशदेखि गङ्गासम्म (रमेश भुसाल), दर्ज्यु संलाप (कुमारी लामा), पञ्चतत्त्वको पालाम (मनप्रसाद सुब्बा), बहुरुपी (श्रेयज सुवेदी), भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत) (सुधीर शर्मा) र हिउँको गीत (तीर्थ गुरुङ) छन् ।
वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले वि.सं. २०१३ मा पहिलोपटक गद्य, सामाजिक शास्त्र र विज्ञान विधामा तीन कृति—‘हाम्रो लोक संस्कृति’ (सत्यमोहन जोशी), ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ (चित्तरञ्जन नेपाली) तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ (बलराम जोशी)—लाई पुरस्कृत गर्दै पुरस्कार वितरण आरम्भ गरेको हो।
वि.सं. २०७२ सालदेखि गुठीले प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० वटा कृति छनौट गरी श्रेष्ठ-सूची सार्वजनिक गर्दै आएको छ। छनौटमा अप्रकाशित सामग्रीहरूको बाहुल्यता एक महत्वपूर्ण आधार मानिन्छ। यसमध्येबाट एक कृतिलाई श्रेष्ठ कृतिको रूपमा चयन गरिन्छ र सो कृतिलाई मदन पुरस्कार अर्पण गरिन्छ। हाल पुरस्कार राशी रु. ४ लाख रहेको छ । यो वि.सं. २०७५ देखि लागू भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण