हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो
कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ ।
ग्राहकका बीचमा त्यही भेटिनुहुन्छ, नन्दप्रसाद तिवारी । चिया र नास्ताको पसलमार्फत उनले आफ्नो परिवार चलाइरहेका छन् ।
करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन । विक्रम संवत् २०५१ मा भारतको नैनितालमा बसमा उहाँ सहचालकका रूपमा काम गर्दा दुर्घटनामा परे ।
उनको दायाँ खुट्टा भाँच्चियो र बायाँ पनि कमजोर भयो । रोजगारी गुमेपछि उनी घर फर्किनु भयो । “घरमै बसेर जिन्दगी चल्दैन भन्ने लाग्यो”, उनले भने, “विसं २०५४ मा मुगुबाट गजरौला झरे, सानो चिया पसल खोलेर जीवनको नयाँ अध्याय सुरु गरे ।”
श्रीमती लक्ष्मीका साथमा उहाँ चिया, समोसा र पकौडा बनाउँछन् । दुवै जना बिहान ५ देखि बेलुकी ८ बजेसम्म चिया नास्ताको पसल चलाउँछन् ।
त्यसमा उनका छोरा र बुहारीले पनि साथ दिएका छन् । त्यसबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । पसलकै कमाइले किनेको दुई कट्ठा जमिन भए पनि अधिकांश खाद्य सामग्री बजारमै किन्नुपर्ने बाध्यता छ । यस्तैमा उनले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गरेका छन् ।
दैनिक रु २०० सहकारीमा बचत गर्ने उहाँले वार्षिक रु एक लाखसम्म बचत गर्ने गरेका छन् । उहाँको पाँच जनाको परिवारको सहारा एक मात्रै त्यही चिया पसल मात्रै रहेको छ । त्यसकै कमाइले परिवारको खर्च चल्छ । तिवारीले पसल खोलेदेखि दुःखको पनि कम अभाव भोगेका छैनन् ।
“विसं २०६० तिर आगलागीले पसलका सबै सामान जले”, उनले विगतलाई सम्झँदै भने,“विसं २०६४ मा फेरि बाढीले घरभित्रको र पसलभित्रको सबै समान बगाएर लग्यो, हिम्मत हारिन् ।”
सानो चुलो, चिया र आत्मबलको सहारामा फेरि नयाँ शिराबाट व्यवसाय सुरु गरेर यहाँसम्म आइपुगेको उनले बताए । “हरेक दिन नन्दप्रसादकै चिया पसलमा पुग्छौँ”, स्थानीय युवा सुरेश विकले भने,“स्वादिष्ट चिया र नास्ता पाइन्छ नै, मेहनतको पाठ पनि पढ्न पाइन्छ, उहाँले गरेको सङ्घर्ष अनुकरणीय छ ।”
उनका अनुसार तिवारी अपाङ्गता भएको भए पनि कामबाट कहिल्यै पछि हटेका छैनन् । उनले भने, “तिवारीको सङ्घर्ष देख्दा शारीरिक अपाङ्गता आत्मबलको अगाडि बाधा होइन भन्ने प्रमाणित हुन्छ, पसलमा न आकर्षक बोर्ड, न सुविधा सम्पन्न छ, तर श्रम, इमान र निरन्तरता छ, त्यसैले ग्राहले उहाँलाई रुचाउँछन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण