देशभर डेंगुको प्रकोप बढ्दो, साढे ६ महिनामा २२ सयभन्दा बढी सङ्क्रमित
काठमाडौँ । देशभर डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको पाइएको छ । सन् २०२५ को सुरुवातदेखि हालसम्म २ हजार २१३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने देशका ७३ जिल्लामा यसको प्रकोप फैलिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसीडि) का अनुसार पछिल्लो एक हप्तामा मात्र १५७ नयाँ डेंगुका बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
डेंगुको प्रादेशिक अवस्था
(इडिसीडि)को आँकडा अनुसार गण्डकी र बागमतीमा सबैभन्दा बढी जोखिम डेंगुको सङ्क्रमणबाट गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।त्यहाँ हालसम्म ६ सय १२ जना सङ्क्रमित भएका छन् भने पछिल्लो एक हप्तामा मात्रै ६० नयाँ केस थपिएको छ ।
त्यस्तै, बागमती प्रदेशमा ४ सय ८१ जना, कोशी प्रदेशमा ४ सय २ जना र लुम्बिनी प्रदेशमा ३ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो साता लुम्बिनीमा ३६ र बागमतीमा २२ नयाँ बिरामी भेटिएको हो । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सङ्क्रमणको दर तुलनात्मक रूपमा कम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण