गाजामा पत्रकारहरू भोकमरीको जोखिममा
सारांश
- एएफपीले गाजामा रहेका पत्रकार भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ।
- गाजामा रहेका स्वतन्त्र पत्रकारहरू खाना, पानी र सरसफाइको अभावमा रिपोर्टिङ गरिरहेका छन्।
- एएफपीले इजरायली नाकाबन्दीका कारण पत्रकारलाई गाजाबाट निकाल्न कठिन भएको जनाएको छ।
काठमाडौँ । फ्रान्सस्थित अन्तर्राष्ट्रिय समाचार संस्था एएफपी (एजेन्सी फ्रान्स प्रेस) अन्तर्गतको पत्रकार सङ्घले गाजामा रहेका पत्रकारहरू भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ। सङ्घले तत्काल सहयोग नपाए उनीहरू भोककै कारण ज्यान गुमाउने अवस्था आउने बताएको हाे।
सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गाजामा रहेका स्वतन्त्र पत्रकारहरू अभावका बीच बाँचिरहेका छन्। उनीहरू खाना, पानी र सरसफाइको न्यूनतम सुविधा बिना पनि घटनाको रिपोर्टिङ गरिरहेका छन्।’ सङ्घले एएफपीले गाजामा स्वतन्त्र पत्रकारहरूसँग सहकार्य गरिरहेको जनाउँदै भनेको छ, ‘हामी उनीहरूलाई मर्दै गरेको हेर्न चाहँदैनौँ।’
एएफपीले जनवरीदेखि अप्रिल २०२४ भित्र गाजाबाट आफ्ना आठ जना स्थायी कर्मचारी र उनीहरूको परिवारलाई सुरक्षित निकालिसकेको र अब स्वतन्त्र पत्रकारहरूको उद्धारमा लागिपरेको बताएको छ।
यद्यपि, इजरायली नाकाबन्दीका कारण गाजाबाट पत्रकारलाई निकाल्नु निकै कठिन भएको उल्लेख गरिएको छ। एएफपीले इजरायली अधिकारीहरूलाई स्वतन्त्र पत्रकारहरूलाई गाजा क्षेत्र छाड्न दिन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण