वर्षा
सङ्खुवासभामा भारी वर्षा, बाढी र पहिरोको जोखिम
बुधबार, ०७ साउन २०८२, ०४ : ०३
सारांश
- जल तथा मौसम विज्ञान विभागले सङ्खुवासभाको नुममा भारी वर्षा भएको जनाएको छ।
- आगामी घण्टाहरूमा थप वर्षा हुने सम्भावना रहेको र खोलामा आकस्मिक बहाव बढ्ने देखिन्छ।
- विभागले सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।
सङ्खुवासभा । पछिल्ला तीन घण्टामा सङ्खुवासभा जिल्लास्थित नुम वर्षा मापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले बुधबार बिहान ३ बजे एक सूचना जारी गर्दै आगामी घण्टाहरूमा पनि सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र भिरालो तथा कमजोर भू–भागमा पहिरोको जोखिम पनि बढेको छ।
विभागले सम्भावित जोखिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै विभागले बुधबार बिहान ४ बजे जारी गरेको पछिल्लो सूचनामा सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी लगायतका क्षेत्रमा पनि पछिल्लो ३ घण्टामा मध्यमदेखि भारी वर्षा भएको जनाएको । ती क्षेत्रहरूमा पनि आकस्मिक बाढी तथा पहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
-
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
-
दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण