बेरोजगारलाई स्वरोजगार बनाउन फेरि प्रस्ताव माग
बुधबार, ०७ साउन २०८२, ०८ : ५४
सारांश
- सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत कर्जा दिने भएको छ।
- युवा तथा खेलकुद मन्त्रालयले १५ दिनभित्र प्रस्ताव पेश गर्न इच्छुक सहकारीलाई आह्वान गरेको छ।
- २०८२ असार मसान्तसम्म कर्जा चुक्ता गरेका सहकारीले पनि प्रस्ताव पेश गर्न सक्नेछन्।
काठमाडौँ। सरकारले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन सञ्चालन गरेको 'युवा तथा साना व्यवसायी स्वरोजगार कोष'ले कर्जाका लागि पुनः प्रस्ताव आह्वान गरेको छ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको कोषले इच्छुक र योग्य सहकारीहरूलाई १५ दिनभित्र प्रस्ताव पेस गर्न सूचित गरेको हो।
विगतमा कोषको रकम कर्जा लिई कारोबार गरिसकेका संस्थाको हकमा २०८२ असार मसान्तसम्ममा नियमित रूपमा कर्जा चुक्ता गरेका सहकारी संस्थाले समेत प्रस्ताव पेस गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण