नेपालमा मार्क्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल हुन् : उपाध्यक्ष भुसाल
बुधबार, ०७ साउन २०८२, १० : ०२
सारांश
- नेकपा एसका उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठलाई नेपालको कम्युनिस्ट आन्दोलनको जनक भने।
- उनले पुष्पलालको योगदान अतुलनीय रहेको बताउँदै मार्क्सवाद नेपालमा भित्र्याएको बताए।
- भुसालले पुष्पलालका अधुरा कामहरू अझै पूरा गर्नुपर्ने धारणा राखे।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनको जनक भएको बताएका छन् ।बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको पिता भएको बताए ।
नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय रहेको बताउँदै उनले नेपालमा मार्क्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल भएको जिकिर गरेर ।
उपाध्यक्ष भुसालले पुष्पलालले सुरु गरेका कामहरू आज पनि अधुरा रहेको बताए । मुलुकलाई समाजवादमा पुर्याउने लक्ष्य, नेपाली समाजको इतिहास नयाँ ढङ्गले लेख्नुपर्छ भन्ने लक्ष्य आज पनि अधुरो रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण