पाटनमा यल ल्याकु मिप्वा: लाखे नाच सुरु, तस्बिरहरू
बुधबार, ०७ साउन २०८२, २० : ०९
ललितपुर । लाखे भन्ने बित्तिकै धेरैले येँया: (इन्द्रजात्रा) मा हुने मजिपा: लाखेको नृत्य सम्झन्छन्। तर, उपत्यकामा त्यसबाहेक पनि धेरै लाखे नाचहरू हुने गर्छन्।

गथांमुग: सँगै नेवार समुदाय रहेको स्थानबाट अहिले लाखेहरू निस्किरहेका छन्। राक्षसी स्वरूप भए तापनि लाखेलाई नेवारहरूले देवताकै रूपमा पुज्दै आएका छन्। राक्षसी प्रवृत्तिमाथि सत्यको जीतका रूपमा रहेका यी सबै लाखेका छुट्टाछुट्टै महत्त्व रहेको छ।

यसैबिच गथांमुग: को दिनदेखि पाटनमा यल ल्याकु मिप्वा: लाखे नाच सुरु भएको छ। अन्य स्थानमा निस्कने लाखे नाचभन्दा यो नाच फरक रहेको छ। पाँच दिनसम्म सञ्चालन हुने यो नाचमा मसाल जलाएर लाखेले आगो फुक्ने गर्छ।

यो नाचमा लाखेसँगै तीनपकुचा पनि रहन्छ। पाटनको सौग: बाट सुरु हुने यो नाच पाँच दिनसम्म विभिन्न स्थानमा प्रदर्शन गरिन्छ।







तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण