दुर्घटना
काठमाडौँको तीनकुनेमा एम्बुलेन्स दुर्घटना
बुधबार, ०७ साउन २०८२, २३ : ४४
सारांश
- काठमाडौँको तीनकुनेमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन्।
- सिन्धुलीबाट बिरामी लिएर फर्किंदै गरेको रेडक्रसको एम्बुलेन्स रोड डिभाइडरमा ठोक्किएको थियो।
- दुर्घटनामा परेका चालक दुर्गा कोइरालालाई उपचारका लागि अस्पताल लगिएको छ।
काठमाडौँ। काठमाडौँको तीनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौँको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दुर्घटनामा परेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताए ।
एम्बुलेन्समा चालक मात्र हरेका थिए । चालक दुर्गा कोइराला सामान्य घाइते र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण