चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा ८३ वटा वन्यजन्तु मरे
सारांश
- चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वन्यजन्तुको मृत्यु भएको छ।
- मृत्यु हुनेमा २८ गैंडा, १ बाघ, ५ हात्ती लगायत रहेका छन् भने ४५ वन्यजन्तुको मृत्यु प्राकृतिक कारणले भएको हो।
- १३५ जनावरको उद्धार गरिएको छ, जसमा ४ गैंडा, २ बाघ, ७ चित्तल लगायत छन्।
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन वटा मरेका छन् ।
एउटाको कारण खुलेको छैन । प्राकृतिक कारणले चितुवा एउटा, हात्ती पाँच वटा मरेका छन् । दुई हात्तीको मृत्युको कारण खुलेको छैन । एउटा बाघ जुधेर मरेको छभने अर्कोको कारण खुलेको छैन । चित्तल १२ वटा प्राकृतिक कारणले मरेका हुन् भने सडक दुर्घटनामा दुई चितल मरेका छन् ।
तारजालीमा परेर एउटा र कुकुरले टोकेर १६ चित्तल मरेका हुन् । जरायो तीन, रतुवा एउटा, घडीयाल गोही दुई, नीलगाई दुई, अजिङ्गर एक, स्याल एक, भालु एक र अन्य जनावर दुई वटा मरेका निकुञ्जले जनाएको छ ।
सोही समयमा १३५ वटा जनावरको उद्धार गरिएको छ । जसमा चार गैँडा, दुई बाघ, सात चित्तल, तीन कछुवा, ३७ सर्प रहेका छन् । त्यसैगरी अजिङ्गर ६१, मगर गोही ११, घडीयाल गोही दुई, गिद्ध दुई, गोहोरो एउट, नील बिरालो एउटा र अन्य दुई जनावरको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण