अवैध लागूऔषधसहित एक महिला पक्राउ
बिहीबार, ०८ साउन २०८२, १० : ३९
सारांश
- कटारी प्रहरीले कटारी नगरपालिका-८ बबलाबाट एक महिलालाई लागुऔषधसहित पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा ४५ वर्षीया देवकुमारी थापामगर रहेकी छिन्, जसको घरबाट ३० केजी ३६० ग्राम गाँजा बरामद भयो।
- प्रहरीले पक्राउ परेकी मगरलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।
उदयपुर । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–८ बबलाबाट एक महिलालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ ।
सोही स्थान बस्ने ४५ वर्षीय देवकुमारी थापामगरलाई बुधबार ३० केजी ३६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ परेकी मगरले आफ्नै घरमा भण्डारण गरी राखेको उक्त प्रतिबन्धित लागू औषध गाँजा बरामद गरी निजलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण