अफगानिस्तानमा नेपालबाट एक वर्षमा ६९ थान डोजर निर्यात
सारांश
- नेपालबाट अफगानिस्तानमा हेभी इक्विपमेन्ट निर्यात भएको छ, जसमा डोजर मुख्य छन्।
- आर्थिक वर्ष २०८१/८२ मा ६९ थान डोजर निर्यात हुँदा २९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भयो।
- अघिल्लो वर्षको तुलनामा निर्यात बढेको देखिन्छ, जसले निर्यातमा सकारात्मक संकेत दिन्छ।
काठमाडौँ । नेपालमा उत्पादन नै नहुने ‘हेभी इक्विपमेन्ट’ नेपालबाट विदेशमा निर्यात भएका छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो एक वर्षको निर्यात तथ्याङ्क अनुसार नेपालले एक वर्षमा ६९ थान डोजर अफगानिस्तान निर्यात गरेको हो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट अफगानिस्तानमा कुल ६९ थान बुल्डोजर निर्यात भएको छ । जसको निर्यात रकम २९ करोड ६४ लाख ४७ हजार रुपैयाँ बराबर छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अफगानिस्तानमा ५५ थान बुल्डोजर २६ करोड ६७ लाख ९९ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष निर्यात बढेको देखिन्छ ।
नेपालमा भारत, दक्षिण कोरिया, जापान, चीन लगायत देशबाट डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेनट आयात हुने गरेको छ । नेपालले आव २०८१२०८२ मा दुई खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ । अघिल्लो वर्ष नेपालको कूल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण