विभिन्न जिल्लामा ७ जना मृत अवस्थामा फेला
सारांश
- बाँके, बर्दिया, महोत्तरी लगायतका जिल्लामा ७ जना मृत अवस्थामा फेला परेका छन्।
- विभिन्न स्थानमा मानिसहरू मृत फेला परेका छन्, जसमा महिला र पुरुषहरू छन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र मृतकहरूको पहिचान गर्ने प्रयास गर्दैछ।
काठमाडौँ । विभिन्न जिल्लामा ७ जना मृत अवस्थामा फेला परेका छन् । बाँके, बर्दिया, महोत्तरी लगायतका जिल्लामा ७ जना मृतअवस्थामा फेला परेका हुन् ।
बाँकेको डुडुवा गाउँपालिका–५ बाउनबगैंचास्थित गोठ नजिकै सोही ठाउँ बस्ने ५८ वर्षीया दर्सनी परियार बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–४ खैरेनीस्थित मानखोलाको किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उता महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई पोखरीमा पनि एक पुरुष मृत फेला परेका छन् । सोही नगरपालिका– २ साउजीपट्टी डेरा गरी बस्ने सोही नगरपालिक–(८ सानो रतवाडा घर भएका ५५ वर्षीय रामचन्द्र मुखिया बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ जयरामघाटस्थित माइतिघर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–११ खयरमारा घर भएकी २९ वर्षीया संन्जुमाया राई आफ्नै माइतीघरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुर कामत टोलस्थित धान खेतमा अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–३ न्यूरोडस्थित सडक पेटीमा अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।
उता सुनसरीको धरान उपमहानगरपालिका–८ शनिमन्दिर छेउमा अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । उनको पनि हाल नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण