बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म निर्देशन गर्दै पाँडे

बिहीबार, ०८ साउन २०८२, १३ : ०१
बिहीबार, ०८ साउन २०८२

सारांश

  • कलाकार अर्जुन घिमिरेले 'झरी पछिको इन्द्रेणी' नामक फिल्म निर्देशन गर्दै छन्।
  • यो फिल्म पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने भएको छ।
  • फिल्मको कथा कुमार व्यञ्जनकारको हुनेछ भने गीतकारमा गणेश कार्की रहेका छन्।

काठमाडौँ । सानो पर्दाको सिरियल ‘सक्कीगोनी’ का पाँडेको चरित्रबाट चर्चित भएका कलाकार अर्जुन घिमिरेले फिल्म निर्देशन गर्ने भएका छन् । उनले  निर्देशन गर्ने फिल्मको नाम ‘झरी पछिको इन्द्रेणी’ राखिएको छ । जुन चलचित्र विकास बोर्ड दर्ता समेत भएको छ ।

घिमिरेले केही अघि जेपिटी क्रिएसन मार्फत ‘लाज शरणम्’ निर्माण गरेका थिए । घिमिरेको निर्देशनम रहने फिल्म अहिले लेखन कार्यमा छ । सुशील कडरियाले निर्माण गर्न लागेको फिल्मको कथा कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् । 

फिल्म पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्मको कलाकार र विषयवस्तु केही पछि जानकारी गराउने घिमिरेको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप