सर्पदंशको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सांसद मिजारको माग
सारांश
- सांसद सिता मिजारले सर्पको टोकाइबाट हुने मृत्यु रोक्न उपचारको व्यवस्था मिलाउन माग गरिन्।
- उनले प्रत्येक पालिका तहमा सर्पदंशको उपचारको व्यवस्था गर्नुपर्ने बताइन्।
- नेपालमा पाइने विषालु सर्प पहाड र हिमाली भेगमा समेत फैलिएकाले घटना बढिरहेको उनको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता मिजारले सर्पको टोकाइबाट अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न सहज र सुलभ उपचारको प्रभावकारी व्यवस्था मिलाउन माग गरेकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद मिजारले प्रत्येक पालिका तहमा नै सर्पदंशको उपचारको प्रभवकारी व्यवस्था मिलाउन माग गरिन् ।
‘सर्पदंशको कारण नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रत्येक पालिका तहमा नै सर्प दंशको सहज र सुलभ उपचारको प्रभावकारी व्यवस्था मिलाउन माग गर्दछु,’ सांसद मिजारले भनिन् ।
उनले नेपालमा ८२ भन्दा बढी प्राजातिका सर्प पाइने र तीमध्ये २१ प्रजातिका सर्प विषालु हुने बताइन् । पछिल्लो समय जलवायु परिवर्तनलगायतका कारणले विभिन्न माध्यमबाट तराइमा पाइने विषालु सर्प पहाड र हिमाली भेगमा समेत फैलिएकाले देशैभरि सर्पदंशको घटना बढिरहेका बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण