सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

वर्तमान सरकार संवैधानिक उल्लङ्घनको दुर्गन्धित नमुना हो : सांसद घर्तीमगर

बिहीबार, ०८ साउन २०८२, १५ : ४६
बिहीबार, ०८ साउन २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्म विपरीत चलेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद घर्तिमगरले यस्तो आरोप लगाएका हुन् । उनले  सरकार नैतिक जगमा नअडिएको तथा संवैधानिक प्रक्रियाको पालना गर्न नखोजेको भन्दै तीव्र आलोचना गरे । उनले विधिको शासन, जनताको म्याण्डेट र संविधानको आत्मा उपेक्षित हुँदै गएको भन्दै गम्भीर चिन्ता गरे । 

उनले भने,‘सरकार न त नैतिक जगमा अडिएको छ नत संवैधानिक प्रक्रियामै । बरु यो सरकार संवैधानिक प्रक्रियाको योजनाबद्ध र निर्लज्ज उल्लङ्घनमार्फत टिकाइएको सत्ताको दुर्गन्धित नमुना हो । संसदीय अभ्यास, विधिको शासन, जनताको म्याण्डेड र संविधानको आत्मा यी सबै आज अपहेलित, उपेक्षित र पदीय दुर्गन्धले ढाँकिएको अवस्था देखिँदैछ ।’

सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिँदा समेत सरकारले जनतालाई स्थायित्वको भ्रममा राखिराखेको उनको टिप्पणी छ ।

प्रधानमन्त्रीले संसद्लाई सिंहदरबारको कार्यक्षेत्र जस्तै बनाएको उनको आरोप छ । उनले संसद् जनताको भरोसा नभई सत्ताको थिएटर बन्न पुगेको टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप