पार्टीलाई बन्धक बनाउन पाइँदैन, अध्यक्षले निकास दिनुपर्छ : रेशमलाल चौधरी
सारांश
- रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको मुद्दाको जवाफ दिनुपर्ने बताए।
- उनले पार्टीको बैठकबारे अध्यक्षले आफूले नबोलाएको भन्न नमिल्ने कुरा प्रस्ट पारे।
- चौधरीले पार्टीभित्रको समस्याबारे बैठकमा छलफल गर्न र सामाजिक सञ्जालमा नछाड्न आग्रह गरे।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको मुद्दा या आरोपबारे जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले महासचिवले बोलाएको बैठकबारे आफूले नबोलाएको भनेर अध्यक्षले भन्न नमिल्ने प्रस्ट पारेका छन् ।
संसदीय दलका नेतासमेत रहेका गङ्गाराम चौधरीले साउन ९ र १० गते केन्द्रीय समिति बैठक बोलाएका थिए । तर उक्त बैठकलाई रञ्जिताले आधिकारिक नभएको बताएकी थिइन् ।
बिहीबार साँझ भिडियो सन्देश जारी गर्दै चौधरीले आफूले नै नागरिक उन्मुक्ति पार्टी गठन गरेको तर यसलाई पटक पटक काटेर ठुटो बनाउने प्रयास गरेकोमा गुनासो गरेका छन् ।
‘आज बिरुवा रोप्छु, केही दिनमै काटेर ठुटो बनाइन्छ, रोप्दैछु, रोप्दै जानेछु । अहिले बोलाइएको केन्द्रीय कमिटी बैठक मैले बोलाएको भन्दा पनि मैले सुझाव दिएर बोलाइएको हो’ रेशमले भनेका छन् ।
उनले आफूलाई पार्टीको संरक्षकमा ल्याएर थन्क्याइएको र भूमिकाविहीन जस्तै बनाएर आफूमाथिमात्र एकोहोरो प्रहार भइरहेको गुनासो गरेका छन् ।
‘नाउपाभित्र समस्या छ भने बैठकमा प्रस्तुत हुनुस्, बुँदागत छलफल गर्नुस् । केन्द्रीय सदस्यमा बसेर सामाजिक सञ्जालमा छताछुल्ल नपार्नुस् । यसले तपाईँकै ओज घटाउँछ’, रेशमले भनेका छन्, ‘नागरिक उन्मुक्ति पार्टीका जोइपोइमा भाँजो हाल्ने प्रयास भइरहेको छ । पार्टीको वैधानिक वा अवैधानिक भन्ने महानुभाव को हो ? परिचालित व्यक्ति होइन ?’
उनले अध्यक्ष श्रेष्ठले मैले बैठक बोलाएको होइन भनेर पन्छिन नपाउने पनि बताएका छन् । ‘प्रतिशोधको भावना राख्नु गलत हो । आउनुपर्छ जवाफ दिनुपर्छ । मुद्दा लाग्यो खै जवाफ ? खै भन्नुभएको ? पार्टीलाई बन्धक वा निरङ्कुश बनाउन पाइँदैन, निकास तपाईँले नै दिनुपर्छ’, चौधरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण