बङ्गलादेश र श्रीलङ्कासँग सिरिज खेल्ने नेपालको योजना
सारांश
- नेपाली क्रिकेट टोलीको सफलतापछि क्यानले ठुला देशहरूसँग सिरिज खेल्ने योजना बनाएको छ।
- क्यानले आगामी वर्ष बङ्गलादेश र श्रीलङ्कासँग सिरिज खेल्ने योजना बनाएको छ।
- नेपालले सेप्टेम्बरमा यूएईमा वेस्ट इन्डिजसँग टी-ट्वान्टी सिरिज खेल्दैछ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको पछिल्लो सफलताले नेपाली टोलीसँग विश्व क्रिकेटका महारथीहरू सिरिज खेल्ने चाहनामा छन् ।
यता नेपाल क्रिकेट सङ्घ (क्यान) पनि ठुला देशहरूसँग सिरिज गर्ने योजनामा छ । क्यानका सचिव पारस खड्काका अनुसार आगामी वर्ष क्यानले बङ्गलादेश र श्रीलङ्का जस्ता देशहरूसँग सिरिज खेल्ने योजना रहेको बताए ।
त्यसै अनुसार क्यानले योजना पनि बनाएको उनको भनाइ छ । नेपाली क्रिकेट विकासका लागि टेस्ट राष्ट्रसँगको खेल निकै महत्त्वपूर्ण मानिन्छ । नेपालले आउने सेप्टेम्बर २७, २८ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट स्टेडियममा वेस्ट इन्डिजसँग टी–ट्वान्टी आई सिरिज खेल्दैछ ।
त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट टोलीसँग सिरिज खेल्ने यात्रा तय हुनेछ । खड्काले अघिल्लो वर्ष अझ ठुलो टोलीसँगको सिरिज खेल्ने योजना भएको बताए ।
‘हामीले क्रिकेट विकासको धेरै योजना बनाएका छौँ । त्यसमध्ये ठुला टेस्ट राष्ट्रसँग सिरिज खेल्ने हो । त्यसका लागि हामीले बङ्गलादेश र श्रीलङ्का जस्ता देशसँग योजना बनाएका छौँ,’ खड्काले काठमान्डु गोर्खाजको लोगो सार्वजनिक कार्यक्रममा भने ।
खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा फ्लड लाईट तयार भए राति खेल गर्ने योजना भएको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण