संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजियो : रास्वपा
सारांश
- रास्वपाले संवैधानिक निकायमा कार्यकर्ता भर्ती गर्न खोजेको आरोप लगाएको छ।
- सांसद कठायतले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गरिन्।
- राप्रपा सांसद जबराले तीनकुने घटनामा राज्यको बल प्रयोग भएको दोहोर्याए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजिएको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद विनीता कठायतले कुलिङ अफ पिरियड हटाउन खोज्नुले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजेको जस्तो देखिएको बताएकी हुन् । कम्तीमा दुई वर्ष कुलिङ अफ पिरियड राख्न खोज्दा एमालेले राख्न नखोज्नुको कारण के रहेछ भन्दै उनले प्रश्न समेत गरिन् ।
उनले कुलिङ अफ पिरियडलाई जनताले नजिकबाट हेरिरहेको भन्दै होस पुराउन सुझाव दिए । सांसद कठायतले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजिएको टिप्पणी गरिन् । यस विषयलाई अन्तर्राष्ट्रिय जगतले समेत गम्भीरतापूर्वक हेरिरहेकाले उच्चस्तरीय छानबिन समिति बनाउन उनले माग गरे । आफ्ना माग पुरा नभएकाले आन्दोलन जारी रहेको उनको भनाइ छ ।
त्यस्तै बैठकमा राप्रपा सांसद धवलशम्शेर जबराले गत चैत्र १५ गते तीनकुने संविधानले दिएको अधिकार प्रयोग गर्दा राज्यका तर्फबाट अत्याधिक बल प्रयोग भएको दोहर्याए । उक्त घटनालाई लिएर झुटा मुद्दा लगाएको भन्दै उनले न्यायालयबाट न्याय पाउने विश्वास व्यक्त गरे । उनले उक्त घटनाको संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरे ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आन्दोलनरत रास्वपा र राप्रपाका सांसदले शुक्रबार पनि सदन बहिष्कार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण