फिल्ममा काम गर्ने अवसर नपाएमा ड्राइभर बन्छु : अभिनेता फासिल
काठमाडौँ । अल्लु अर्जुनको ‘पुष्पा’बाट चर्चामा आएका मलयालम अभिनेता फहाद फासिलले आफूले फिल्ममा काम गर्ने अवसर नपाएमा ड्राइभर बन्ने बताएका छन् ।
हलिउड रिपोर्टर इन्डियासँगको एक अन्तर्वार्तामा फहादलाई ‘के तपाईँ अझै पनि बार्सिलोनामा उबर चालक बन्नेबारे सोच्नुहुन्छ ?’ भनेर सोधिएको प्रश्नमा उनले यस्ताे प्रतिक्रया दिएका हुन् ।
‘बिल्कुल, हामी केही महिना अघि पनि बार्सिलोनामा नै थियौँ । हो, म अझै पनि यसको बारेमा सोच्छु । जब मानिसहरूले मलाई यहाँ काममा राख्न बन्द गर्छन्, तब म यो गर्नेछु’ जवाफमा उनले भने ।
हाँसो ठट्टालाई पर राखेर कसैलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानु र उ आफ्नो गन्तव्यमा पुगेको देख्नु पनि त एउटा सुन्दर कुरा भएको पनि उनले बताए । मौका पाउने बित्तिकै आफैँले गाडी हाँक्ने गरेको पनि फहाद भन्छन् ।
मान्छेले आफूलाई मन पर्ने काममा व्यस्त राख्नुपर्ने उनी बताउँछन् । ‘हो, अनि यो कुरा केवल ड्राइभिङको मात्रै होइन । तपाईँले सधैँ त्यही काम गर्नुपर्छ जुन तपाईँलाई मन पर्छ चाहे त्यो कुनै खेल होस्, गेम होस्, टिभी हेर्नु होस् वा जेसुकै होस् र यी कुराहरूले तपाईंको सोच्ने र हेर्ने तरिकामा सुधार ल्याउँछन् ।’ फहादले भने ।
‘पुष्पा’मा फहादले आईपीएस अफिसर शेखावतको भूमिका निभाएका थिए । यस भूमिकामा उनको अभिनयलाई मानिसहरूले निकै मन पराए ।
यसबाहेक पनि फहाद आवेशम, बोगन–भिलिया जस्ता फिल्महरूमा पनि देखिएका छन् । फहादले एक राष्ट्रिय चलचित्र पुरस्कार, चार केरला राज्य चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार आदि पाएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण