राजतन्त्र ढलेपछि देशमा विकासको रफ्तार सुरु भयो : प्रधानमन्त्री
वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ढलेपछि देशमा विकासको रफ्तार सुरु भएको दाबी गरेका छन् ।बाराको परवानीपुर गाउँपालिकामा शुक्रबार नवनिर्मित पालिकाको भवनको उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले देशमा विकासको लहर चलाएको दाबी गरे ।
एक वर्षमा सरकारले थुप्रै सडक, पुल, भवनसहित हरेक क्षेत्रमा निर्माणका काम गरिरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले चुरे क्षेत्रको दोहनले पर्सा र बारामा खासगरी सुक्खाको समस्या आएको बताए । यसलाई दीर्घकालीन समस्याको रूपमा लिएर समाधानतर्फ लैजानुपर्ने ओलीले बताए ।
‘पाँच जिल्लाभन्दा बारामा अलिकति खेती भएको छ, तर सुक्खाको समस्या चारैतिर छ । त्यसका लागि चुरे क्षेत्रमा दीर्घकालीन रूपमा ठूलाठूला ताल निर्माणको आवश्यकता छ,’ उनले भने ।
तत्कालै देखिएको समस्याप्रति सङ्घीय सरकार गम्भीर रहेको जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘त्यही कारणले हामीले मधेसलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हौँ, जसले गर्दा यो प्रदेशमा सिचाईंका लागि अन्य कदमहरू चाल्न सकिन्छ ।’
तीन करोड भन्दा बढी लागतमा परवानीपुर गाउँपालिकाको भवन निर्माण गरिएको हो । २०७४ सालमा तत्कालीन राजपा (अहिलेको लोसपा) बाट निर्वाचित अध्यक्षले उक्त भवनको शिलान्यास गर्दै निर्माणको काम अगाडि बढाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण