कमला नहरमा डुबेका बालकको शव भेटियो
सारांश
- कर्जन्हा नगरपालिकामा नुहाउने क्रममा डुबेर हराएका बालकको शव मिर्चैयामा फेला परेको छ।
- बिहीबार हजुरआमासँग गएका बालक कमला नहरमा डुबेका थिए र शुक्रबार उनको शव फेला परेको हो।
- प्रहरीले बालकको शव फेला पारेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–११ बगहास्थित कमला नहरमा डुबेर हराएका करिब छ वर्षीय बालकको शव एक दिनपछि मिर्चैयामा फेला परेको छ । बिहीबार दिउँसो हजुरआमासँग भैँसी चराउन गएका दीपक महराका छोरा शिवा महरा नहरमा नुहाउने क्रममा डुबेर हराएका थिए । बालक कर्जन्हा–११ को बगहा पासवान टोल निवासी हुन् ।
बालकको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खोजतलासका क्रममा शुक्रबार अपराह्न करिब ४ बजेतिर मिर्चैया नगरपालिका–३, वीरपुर बजारदेखि दक्षिणतर्फको कमला नहरमा बालकको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बिरेन्द्र पासवानका अनुसार बिहीबार बिहान करिब १० बजे बालक नहरमा डुबेको सूचना पाएको परिवारजन र स्थानीयले आफैँ खोजी सुरु गरेका थिए । तर दिउँसो करिब २ः३० बजेतिर मात्र घटना प्रहरीलाई जानकारी गराइएको थियो ।
खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर बालकको खोजी गरेको थियो भने शुक्रबार बिहानदेखि सुरु गरिएको खोजीका क्रममा शव मिर्चैया नहरतर्फ भेटिएको हो । शव भेटिए लगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण