भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाइन्छ: स्वर्णिम वाग्ले
सारांश
- रास्वपा उपसभापति वाग्लेले भ्रष्टहरूको फाइल जोगाउन ठुला दल मिलेर सरकार बनाइएको बताए।
- उनले सरकारले रवि लामिछानेलाई थुन्नु ठुलो काम ठानेको र छिट्टै त्यसको नतिजा भोग्ने चेतावनी दिए।
- वाग्लेले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएको आरोप लगाए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा हुने गरेको बताएका छन् ।
शनिबार काठमाडौँमा रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौँ सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले ठुला क्रान्तिपछि देशलाई स्थिर बनाउन ठुला दल मिलेर सरकार बनाउने प्रयोग, अहिले दुई–चार भ्रष्टहरूको फाइल जोगाउन नेपालमा समेत त्यस्तो दुर्लभ प्रयोग भएको बताएका हुन् ।
उनले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएर सफेद झुट बोलेको जिकिर गरे । समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद अवस्था भएको उनको भनाइ छ । वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठुलो काम ठानेको भन्दै अव छिटै ठुला दलले त्यसको नजिता भोग्ने चेतावनी दिए ।
उनले २८ लाख नेपालीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण