जल सतह
चमेलिया नदी सतर्कता तह पार, बौलीगाड खोलाको जल सतह पनि बढ्दो
तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
आइतबार, ११ साउन २०८२, ०४ : २०
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमका नदी तथा खोलामा जल सतह बढ्दै गएको छ।
- दार्चुलाको चमेलिया नदीमा जल सतह सतर्कता तह पार गरेको छ, जसले गर्दा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने भएको छ।
- बझाङको बौलीगाड खोलामा पनि जल सतह सतर्कता तहको आसपास पुगेको छ।
काठमाडौँ। सुदूरपश्चिम क्षेत्रका प्रमुख नदी तथा खोलाहरूमा जल सतह लगातार बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दार्चुला र बझाङ जिल्लामा बाढीको सम्भावना बढेको छ, जसका कारण तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
दार्चुला जिल्लाको चमेलिया नदीमा आइतबार बिहान ३ः३० बजे जल सतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको विभागले जानकारी दिएको छ। नदीको तटीय क्षेत्र र डुबान भइरहने होचो भू–भागमा रहेका स्थानीयलाई सतर्कता अपनाउन विभागले चेतावनी दिएको हो।
त्यस्तै, बझाङ जिल्लाको बौलीगाड खोलाको जल सतह पनि सतर्कता तह आसपास पुगेको विभागले जनाएको छ। आइतबार बिहान २ः५५ बजेको मापनअनुसार खोला निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण