एनआरएनए युके अध्यक्षमा राजेन्द्र पुडासैनी
सारांश
- राजेन्द्र पुडासैनी एनआरएनए युकेको अध्यक्षमा निर्वाचित भएका छन्, उनले अन्य दुई प्रतिस्पर्धीलाई पराजित गरे।
- निर्वाचनमा उज्ज्वल कार्की र डा. रक्षा थापा उपाध्यक्षमा विजयी भए, भने दिवाकर पाण्डे महासचिवमा निर्वाचित भए।
- निर्वाचनमा ३ हजार १२ मत खसेको थियो, जुन कुल मतदाताको ८६.०३ प्रतिशत हो।
लन्डन । एनआरएनए युके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । अध्यक्षका दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै पुडासैनीले संस्थाको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् । अध्यक्ष पदमा विजयी पुडासैनीले १ हजार ४८२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीहरू गोविन्द खरेलले ९७७ र मनिष खत्रीले ४९६ मत पाए ।
खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १ हजार ८८४ र डा रक्षा थापाले १ हजार ७२७ मत पाएर विजयी भए । शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमशः १ हजार १९६ र ९६१ मत पाएर उपविजेता बने ।
स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कँडेल १ हजार ६०८ प्राप्त गर्दै विजयी बने । शशी कार्की १ हजार १७४ मतसहित उपविजेता बने । महासचिवमा विजयी दिवाकर पाण्डेले १ हजार ६६० मत पाए भने उपविजेता पुण्य रेग्मीले १ हजार २०१ पाए ।
खुला सचिवमा डिएन खराल १ हजार ८७९ र कृष्ण देवकोटा २ हजार ३०९ मतसहित विजयी बने भने भूपाल कार्की १ हजार ३५६ मतसहित उपविजेता बने ।
शनिबार सम्पन्न एनआरएनए युके निर्वाचनमा ३ हजार १२ मत खसेको थियो । खसेको यो मत जम्मा ३ हजार ५ सय १ मतदाताको ८६ दशमलव ०३ प्रतिशत हो ।
अढाई दशकदेखि बेलायतमा बस्दै आएका पुडासैनी नुवाकोटको साबिक जिलिङ गाउँपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा हुन् । विगत डेढ दशकदेखि उनी बेलायतको स्वास्थ्य सेवा अन्तर्गत कार्यरत छन् ।
उनी बेलायतको विभिन्न सामाजिक संघसंस्था जस्तै यती नेपाली एसोसिएसन युकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुँदै एनआरएनए अन्तर्राष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण