‘ए चेलीबेटी’मा दीपाश्रीदेखि मिस पविसम्मको छमछमी
सारांश
- गायक डेभिड शंकरले तीजको अवसरमा नयाँ गीत 'ए चेलीबेटी सेवा गर्ने मौका देऊ एकचोटी' सार्वजनिक गरेका छन्।
- गीतमा नारी सशक्तीकरण, सम्मान र अवसरको मागलाई मुख्य विषयवस्तु बनाइएको छ।
- भिडियोमा दीपाश्री निरौला, रीमा विश्वकर्मा, सुदिर श्रेष्ठ, कुसुम शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
काठमाडौँ । गायक तथा सर्जक डेभिड शंकरले तीजको अवसरमा नयाँ गीत ‘ए चेलीबेटी सेवा गर्ने मौका देऊ एकचोटी’ सार्वजनिक गरेका छन्। तीज २०८२लाई लक्षित गर्दै तयार पारिएको गीतमा सामाजिक सन्देश प्रस्तुत गरिएको छ।
गीतमा डेभिड शंकरकै स्वर तथा शब्द छ । दीपक शर्मासँग मिलेर उनले गीत लेखेका हुन्। सङ्गीत पनि दीपक शर्माकै रहेको छ। गीतमा लोकप्रिय कलाकार दीपाश्री निरौला, रीमा विश्वकर्मा, सुदिर श्रेष्ठ, कुसुम शर्मा र मिस पविको अभिनय देख्न सकिन्छ।
गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा नारी सशक्तीकरण, सम्मान र अवसरको मागलाई मुख्य विषयवस्तु बनाइएको छ। भिडियोको छायाङ्कन देव डोर्जे लामाले गरेका हुन् भने सम्पादन प्रवीण भट्टले गरेका हुन् ।
डेभिड शंकरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा नै दर्शकको ध्यान खिच्न सफल भएको छ।
‘समयको मागअनुसार तीजको गीत पनि सोचसहित आउनु आवश्यक छ,’ गायक शंकरले गीतको विषयमा भने, ‘यो सिर्जना परम्परा र परिवर्तनको सन्तुलन कायम गर्न गरिएको प्रयास हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण