कुलिङ पिरियडमा प्रचण्डलाई योगेश भट्टराईको काउन्टर- ‘छानबिन त तपाईँमाथि हुनुपर्ने होइन र ?’
सारांश
- एमाले सचिव योगेश भट्टराईले संघीय निजामती सेवा विधेयकमा प्रचण्डमाथि प्रश्न उठाए।
- भट्टराईले प्रचण्डको दोहोरो भूमिका र 'कुलिङ अफ पिरियड' बारेको धारणामाथि व्यंग्य गरे।
- भट्टराईले प्रचण्ड प्रधानमन्त्री हुँदा विधेयकमा 'कुलिङ अफ पिरियड' नभएको तथ्य उजागर गरे।
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय निजामती सेवा विधेयकमा रहेको 'कुलिङ अफ पिरियड'को व्यवस्थालाई लिएर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न उठाएका छन्।
प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै कुलिङ अफ पिरियडबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई नै प्रतिप्रश्न गरेका हुन्। उनले प्रचण्डको दोहोरो भूमिकामाथि व्यङ्ग्य गर्दै 'आफ्नै बोली आफैँलाई गलपासो नहोस्' भन्दै सचेत समेत गराएका छन्।
भट्टराईले प्रचण्डलाई सम्बोधन गर्दै लेखेका छन्, 'तपाईँले सङ्घीय निजामती सेवाको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर मन्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।'
आफ्नो फेसबुक पोस्टमा भट्टराईले तीनवटा मुख्य बुँदामा प्रचण्डको ध्यानाकर्षण गराएका छन् । भट्टराईले प्रचण्ड प्रधानमन्त्री भएकै बेला २०८० फागुन ११ गते मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेस गरेको मूल विधेयकमा 'कुलिङ अफ पिरियड'को व्यवस्था नै नरहेको तथ्य उजागर गरेका छन्। उनले प्रश्न गरेका छन्-'यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?' उनले यो विषय सांसदहरूको संशोधन प्रस्तावपछि मात्रै बहसमा आएको हेक्का राख्न पनि प्रचण्डलाई आग्रह गरेका छन्।
भट्टराईले प्रचण्ड प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्य रहेको स्मरण गराएका छन्। उक्त समितिले विधेयकमा कुलिङ अफ पिरियड राख्ने निर्णय गरे पनि समितिको प्रतिवेदन संसदमा पेस हुँदा सो व्यवस्थालाई तलमाथि गरिएको भन्दै उनले प्रचण्डको नैतिकतामाथि प्रश्न उठाएका छन्। 'समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ होइन र ? अनि छानबिन त तपाईँमाथि नै गर्नुपर्ने हो कि ?' भट्टराईले लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण