मेस्सी नखेलेको खेलमा मियामी बराबरीमा रोकियो
आइतबार, ११ साउन २०८२, १० : ३२
सारांश
- कप्तान लियोनल मेस्सी बिनाको खेलमा इन्टर मियामीले सिनसिनाटीसँग गोलरहित बराबरी खेल्यो।
- मेजर सकर लिगले मेस्सी र जोर्डी अल्बालाई अल-स्टार खेल नखेलेको कारण निलम्बन गरेको थियो।
- इन्टर मियामी हाल २२ खेलबाट ४२ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ।
काठमाडौँ । कप्तान लियोनल मेस्सी नखेलेको खेलमा इन्टर मियामीले बराबरी खेलेको छ । आइतबार बिहान भएको खेलमा मियामीले एफसी सिनसिनाटीसँग गोल रहित बराबरी खेलेको हो ।
मेजर सकर लिग (एमएलएस)ले लिओनल मेसी र जोर्डी अल्बालाई अल–स्टार खेल नखेलेको कारण एक खेलमा निलम्बन गरिएको थियो । त्यसअघि लगातार तीन खेलमा मेस्सीले दुई–दुई गोल गरेका थिए ।
आजको खेलमा बराबरी खेलेसँगै इन्टर मियामीले २२ खेलबाट ४२ अंक जोडेको छ । मियामी तालिकाको पाँचौँ स्थानमा छ ।
यता सिनसिनाटी २५ खेलबाट ४९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण