बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

३१औँ 'प्रकाश मानव अधिकार पुरस्कार' सुनिलकुमार यादवलाई

आइतबार, ११ साउन २०८२, १० : ४७
आइतबार, ११ साउन २०८२

सारांश

  • इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार चुरे तथा वन-जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई दिने निर्णय गरेको छ।
  • यादवलाई वातावरण अधिकारका क्षेत्रमा गरेको योगदानको कदर गर्दै ४० जनाको नाममध्येबाट छनोट गरिएको हो।
  • पुरस्कार छनोट समितिमा सुशील प्याकुरेल, डा. सूर्यप्रसाद ढुङ्गेल र गंगा कसजु सदस्य रहेका छन्, र पुरस्कार साउन १६ गते प्रदान गरिनेछ।

काठमाडौँ । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको 'प्रकाश मानव अधिकार पुरस्कार' यस वर्ष चुरे तथा वन-जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।

पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आएका यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा। सूर्यप्रसाद ढुङ्गेल र अधिकारकर्मी गंगा कसजु सदस्य रहेका छन् ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव सन् २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन्। चुरे क्षेत्रको दोहनका कारण मधेस प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उनले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आएका छन्।

आगामी साउन १६ गते काठमाडौँमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व यादवलाई नगद ५० हजार  सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप