हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु
आइतबार, ११ साउन २०८२, ११ : २१
सारांश
- उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु भएको छ।
- उच्च भोल्टेज लाइनको तार चुँडिएर खसेपछि भागदौड मच्चिएको थियो, जसले गर्दा ठुलो संख्यामा भक्तजन त्रसित भए।
- मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धार कार्य भइरहेको जानकारी दिए।
नयाँ दिल्ली । उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ठुलो दुर्घटना भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको खबर आएको छ । धेरै जना गम्भीर घाइते भएको बताइएको छ ।
घटनास्थलमा राहत र उद्धार कार्य भइरहेको छ । दुर्घटनापछि प्रहरी र प्रशासनको टोलीले तुरुन्तै घाइतेहरूलाई अस्पताल लैजान थालेको छ ।
प्रारम्भिक जानकारीअनुसार उच्च भोल्टेज लाइनको तार भाँचिएर मन्दिरको बाटोमा खसेपछि भागदौड मच्चिएको थियो । त्यसबेला दर्शनका लागि ठुलो सङ्ख्यामा भक्तजनहरू मन्दिर पुगेका थिए ।
तार भाँचिएपछि अचानक उत्पन्न त्रासका कारण स्थिति नियन्त्रण बाहिर गएको बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफ्नो एक्स अकाउन्टमा भागदौडको बारेमा जानकारी दिएका छन् ।
धामीले यस घटनाप्रति शोक व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण