उपत्यकामा खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न
सारांश
- मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न भएको छ, जसले पानी वितरण प्रणालीमा सुधार गर्नेछ।
- काठमाडौं उपत्यकामा १० वटा नयाँ पानीपोखरीहरू निर्माण गरिएका छन्, जसको भण्डारण क्षमता ७४ हजार ५०० घनमिटर रहेको छ।
- गुहेश्वरी र धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएका छन्, र ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माण गरिएको छ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको उप-आयोजना–२ अन्तर्गत सञ्चालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’को पहिलो चरणको काम सम्पन्न भएको छ।
पुराना र जीर्ण पाइपलाइन विस्थापन गर्दै स्वच्छ, चुहावटरहित र समानुपातिक ढंगले पानी वितरण गर्ने उद्देश्यसहित सुरु गरिएको योजनाले वितरण संरचना निर्माणको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको हो।
आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १० वटा नयाँ पानीपोखरी निर्माण गरिएको छ, जसको कुल भण्डारण क्षमता ७४ हजार ५०० घनमिटर रहेको छ।
यस्तै, सुन्दरीजलस्थित प्रशोधन केन्द्रदेखि विभिन्न पानीपोखरीहरूसम्म दैनिक २२ करोड लिटर क्षमताको करिब ७७ किलोमिटर ‘थोक वितरण प्रणाली’ निर्माण गरिएको छ।
पानीपोखरीबाट उपभोक्ताका घरसम्म पानी पु¥याउन १ हजार १० किलोमिटर लामो वितरण पाइपलाइन बिछ्याइएको छ। हाल नयाँ प्रणालीबाट वितरण भइरहेकाले पानीको चुहावट न्यून देखिएको छ।
त्यस्तै, गुहेश्वरी र धोविघाटमा दुईवटा फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेका छन्। गुहेश्वरी केन्द्रको दैनिक प्रशोधन क्षमता ३ करोड २४ लाख लिटर र धोविघाटको ३ करोड ७० लाख लिटर रहेको छ। थप तीनवटा केन्द्र कोड्कु, सल्लाघारी र धोविघाटमै निर्माणाधीन छन्।
यससँगै ऐतिहासिक पाटन दरबार क्षेत्रमा युनेस्को मापदण्डअनुसार ढल प्रणाली निर्माण गरिएको छ। साथै, आगलागी नियन्त्रणका लागि उपत्यकाभर ३४८ वटा फायर हाइड्रेन्ट जडान गरिएको छ।
निर्माण सम्पन्न भइसकेका संरचनामध्ये १४ वटा वितरण क्षेत्रको स्वामित्व उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ भने बाँकीको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण