वीरगञ्जमा खानेपानीको हाहाकार, तस्बिरहरू
काठमाडौँ । मधेस प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खाने पानीको चरम अभाव देखिएको छ । पालिकाको १९ नम्बर वडा विन्ध्यवासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाव देखिएको छ ।
सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ ।हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा ( बिहान ७ बजे, दिनको २ बजे र साँझ ६ बजे) ६ वटा दमकलको साहेता दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।
नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्छन्, अहिले खाना पकाउन, पानी पिउन यही पानी हो हामीले स्थानीय मोटर मियाँले बताए । गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले सुनाए ।
स्थानीय सुरज कुमार यादवको अनुसार कुनै पनि स्थानीय सरकार र राजनीति पार्टीले यहाँ केही सहयोग नगरेको उनले बताए । पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ, अरू वडा, पालिकाले केही गरेको छैन उनले बताए ।





















तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण