शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टीको मुद्दा बोकेर जनताको घरदैलोमा पुग्न विभागीय प्रमुखहरूलाई उपेन्द्रको निर्देशन

आइतबार, ११ साउन २०८२, १८ : ११
आइतबार, ११ साउन २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय विभाग र जनवर्गिय सङ्गठनका प्रमुखहरूलाई पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् । 

आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केन्द्रीय विभाग र जनवर्गिय सङ्गठनका प्रमुखहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चुनावी तयारी र जनताकाबिच पार्टीको एजेण्डा र मुद्दा बोकेर आमजनताको घरघरमा पुगेर प्रस्ट पार्न निर्देशन दिएका हुन् । 

अध्यक्ष यादवले हालको अन्योलपूर्ण राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नुपर्ने बताए ।पार्टीलाई बलियो बनाउन सङ्गठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

‎‘निर्वाचनमा आफ्ना कार्यक्षमताहरूलाई थप विकसित गर्नु आवश्यक छ, जनता माझ मुद्दा पुर्‍याउन र सशक्त सङ्गठन निर्माण अपरिहार्य छ,’ अध्यक्ष यादवले भने । ‎

‎मधेस प्रदेशसहित देशैभरी पार्टीको सशक्त उपस्थिति र सघन सक्रियता आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई अझ व्यापक बनाउँदै लैजानु पर्नेमा जोड दिँदै अध्यक्ष यादवले आगामी निर्वाचनलाई दृष्टिगत गर्दै प्रत्येक तहका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वान समेत गरे ।‎

‎बैठकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकासका पहल, जनसम्पर्क विस्तार, जनवर्गीय सङ्गठनहरूको भूमिकालाई थप प्रभावकारी बनाउने बारे पनि छलफल भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप