थाइल्याण्ड र कम्बोडिया वार्ताका लागि तयार, बैठक मलेसियामा
आइतबार, ११ साउन २०८२, २२ : ०६
काठमाडौँ । चार दिनदेखि जारी द्वन्द्व अन्त्य गर्न थाइल्याण्ड र कम्बोडिया सोमबार मलेसियामा वार्ता गर्न सहमत भएका छन् । कार्यवाहक प्रधानमन्त्री फुमथम भेचायचाईको नेतृत्वमा एक प्रतिनिधिमण्डल वार्तामा भाग लिने थाइल्याण्डले आइतबार भनेको हो ।
कम्बोडियाली प्रधानमन्त्री हुन मानेट पनि छलफलमा भाग लिने मलेसियाले जानकारी गराएको थाई सरकारले बताएको छ । यसअघि शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल युद्धविरामको लागि अपिल गरेका थिए ।
युद्धविराम गराउन ट्रम्पको प्रयासप्रति दुवै देशले कृतज्ञता व्यक्त गरेका थिए । तर ट्रम्पको पोस्ट पछि पनि आइतबार रातभरि दुई देशको सीमामा गोलीबारी जारी रह्यो ।
थाइल्याण्ड र कम्बोडियाबिचको यो भिडन्त जुलाई २४ मा सुरु भएको थियो। दुई देशबिचको यस लडाइँमा हालसम्म कम्तीमा ३३ सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण