संवैधानिक अधिकारको दुरुपयोग नै बेरुजुको जड हो : सांसद शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रणालीगत कमजोरी र राज्य संयन्त्रमा बस्नेहरूले अधिकारको दुरुपयोग गर्दा बेरुजुको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । कुनै पनि निकायलाई संविधानले दिएको अधिकारको सदुपयोग नहुनु नै बेरुजु भएको उनको भनाइ छ ।
सांसद शर्माले बेरुजुका कारणहरूमा समयमै हिसाब मिलान नहुनु, कर्जाको प्रभावकारी असुली नहुनु, कानुनी व्यवस्थाको कमजोरी, र व्यवहारगत अनुशासन अभाव प्रमुख रहेको बताए ।
उनले आर्थिक अनियमितता, भ्रष्टाचार र बेरुजुको समस्यालाई एउटा निकायको मात्र समस्या नभई समग्र राज्य प्रणालीको कमजोरीको परिणाम भएको बताए । आर्थिक सुशासन कायम गर्ने सवालमा गम्भीर हुन सांसद शर्माले सरकारको ध्यानाकर्षण समेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण