तौल घटाउन तरकारी मात्रै खाएपछि....
सारांश
- हुनान प्रान्तकी एक १६ वर्षीया किशोरीले दुई हप्तासम्म तरकारी र ल्याक्सटिभ्स खाएर ज्यान जोखिममा पारिन्।
- शरीरमा पोटासियमको मात्रा कम भएपछि श्वासप्रश्वासमा समस्या भई उनी अस्पताल भर्ना भइन्।
- डाक्टरको अथक प्रयासपछि किशोरीको ज्यान बच्यो र उनी अहिले अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।
बेइजिङ । मध्य चीनको हुनान प्रान्तमा एक १६ वर्षीय किशोरीले तौल घटाउन तरकारी मात्रै खाएपछि झन्डै ज्यान गुमाइनन् । दुब्लाउनका लागि ती किशोरीले दुई हप्तासम्म तरकारी र ल्याक्सटिभ्स (दिशा पातलो पार्ने औषधि) मात्रै खाएकी थिइन् । जन्मदिनमा किनेको नयाँ लुगा ज्यानमा ठिक्क बनाउने ध्याउन्नमा मेइ नाम गरेकी ती किशोरीले जे हर्कत गरिन् त्यसका कारण अन्ततः उनी अस्पतालमा पुगिन् ।
यो खानपिनका कारण किशोरीको हातखुट्टामा कुनै ताकत रहेन । सास फेर्न पनि समस्या हुन थाल्यो । रगतको परीक्षणको क्रममा मेइको शरीरमा पोटासियम डरलाग्दो गरी न्यून स्तरमा झरेको पाइयो । उनलाई गम्भीर हापोकालेमिया भइसकेको थियो । समयमै अस्पताल नलगिएको भए सायद उनको मृत्यु नै हुने थियो ।
आफूले दुई हप्तादेखि तरकारी र ल्याक्सटिभ्स मात्रै खाइरहेको मेइले डाक्टरलाई भनेकी थिइन् । उनले यो सबै कुरा जन्मदिनमा किनेका नयाँ लुगा लगाउन मात्रै गरेकी थिइन् ।
यो बानीले गर्दा उनको स्थिति निकै गम्भीर भइसकेको थियो भने उनी हृदयाघात हुने सङ्घारमा पुगेकी थिइन् । उनलाई बचाउन डाक्टरहरूले घण्टासम्म अथक प्रयास गर्नुपर्यो । यो समयमा उनमा आश्चर्यलाग्दो परिवर्तन देखियो । हालै मात्र उनी अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण