कम्बोडियाले युद्धविराम तोडेको थाइल्यान्डको आरोप
सारांश
- थाइल्याण्डले कम्बोडियामाथि युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ।
- दुई देशबीचको सीमामा भएको लडाइँमा ३३ जनाको ज्यान गएपछि युद्धविराम भएको थियो।
- कम्बोडियाबाट गोलीबारी नरोकिएको र दुवै पक्षका सैन्य कमान्डरबीच बैठक भएको छ।
बैंकक । थाइल्यान्डले कम्बोडियामाथि सोमबार दुई देशबिच भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । दुवै देशको सीमामा पाँच दिनसम्म भएको लडाइँमा ३३ जनाको ज्यान गएपछि सोमबार मलेसियामा भएको भेटघाटमा दुई देशले युद्धविरामको सहमति गरेका थिए । युद्धविरामले दुईदेशबlच शान्ति स्थापित हुने आशा गरिएको थियो ।
तर सुरु भएकै दिनमै यो आरोप आएपछि सम्झौता डगमगाउने भय बढेको छ । आफूले मध्यरातिदेखि नै गोलीबारी रोकेको थाइ सरकारले भनेको छ ।
कम्बोडियाबाट गोलीबारी नरोकिएको अनि यो क्रम बिहानसम्मै चलेको बताइएको छ । तर कम्बोडियाका रक्षामन्त्रीले एएफपीसँग मध्यरातमा युद्धविराम सुरु भएदेखि दुवै पक्षका सेनाबिच झडप नभएको बताएका छन् ।
यो आरोप लागेको भएपनि दुई देशका स्थानीय सैन्य कमान्डरबिचको बैठक मंगलबार बिहान भएको छ । दुवै पक्षले गोलीबारी रोक्ने र सीमा क्षेत्रमा सीमा परिचालन रोक्ने विषयमा सहमति गरेका छन् ।
मेमा भएको एक झडपमा कम्बोडियाका सेनाको मृत्यु भएपछि दुई देशबिच सीमा शताब्दिऔं पुरानो विवाद चर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण