एक वर्षमा कोकिनमात्रै झन्डै १९ किलो बरामद, १ हजार ६७५ लागु औषध कारोबारी पक्राउ
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध नियन्त्रण ब्यूरोले १,६७५ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
- ब्यूरोले कोकिन १९ किलो, हेरोइन २५ किलो, अफिम २८ किलो लगायत विभिन्न लागुऔषध बरामद गरेको छ।
- ब्यूरोले लागुऔषधको उत्पादन, ओसारपसार तथा सेवन नगर्न र नगराउन अनुरोध गरेको छ।
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध नियन्त्रण ब्यूरो तथा मातहत कार्यालयहरूले १ हजार ६७५ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । यस्तै सोही अवधिमा १ हजार १३२ वटा मुद्दा दर्ता भएको छ ।
ब्यूरोका अनुसार यस अवधिमा ठूलो मात्रामा विभिन्न प्रकारका लागुऔषधहरू बरामद गरिएका छन्। बरामद भएका लागुऔषधमध्ये कोकिन मात्र झन्डै १९ किलो (१८ किलो ९१९ ग्राम) रहेको छ। त्यस्तै, २५ किलो २३७ ग्राम हेरोइन, २८ किलो अफिम, २७२ ग्राम एम्फेटामाइन, ३,२५० किलो चरेश/गाँजा तथा थाइल्याण्डबाट आयात गरिएको २०७ किलो गाँजा बरामद गरिएको छ।
त्यसैगरी, औषधीजन्य नियन्त्रित एम्पुल ५८ हजार ५७ थान, ट्रामाडोल क्याप्सुल १० लाख २८ हजार १०२ थान, नाइट्रोभेट ट्याब्लेट १ लाख १९ हजार ९८२ थान, कोडिन सिरप ४७ लिटर, ईफ्रिड्रिन ८५४ ग्राम र एलएसडी १९१ पिस बरामद भएको ब्यूरोका सह-प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले मंगलबार जानकारी दिए ।
लागुऔषधको उत्पादन, सञ्चय, ओसारपसार, बिक्री वितरण तथा सेवन गर्नु आपराधिक कार्य भएकाले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन र अरुलाई पनि नलगाउन ब्यूरोले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण