खानेकुरा बारम्बार तताएर खाइरहँदा हुन्छ क्यान्सर
सारांश
- खाना बारम्बार तताएर खाँदा स्वास्थ्यलाई हानि पुर्याउँछ, किनकि यसले पोषक तत्वहरू नष्ट गर्छ।
- पकाएको खानालाई फेरि तताउँदा क्यान्सर निम्त्याउने रसायन बन्न सक्छ, र ब्याक्टेरियाको जोखिम पनि बढ्छ।
- प्रोटिनयुक्त खानेकुरा, भात, आलु जस्ता खानेकुरालाई बारम्बार तताउनु हुँदैन।
न्यूयोर्क । हिजोआजको व्यस्त जीवनमा हामी सबै समय बचत गर्ने तरिकाहरूबारे सोच्दछौँ । यस प्रक्रियामा बारम्बार पकाइरहन नपरोस् भनेर् खाना पकाएर राख्न अनि तताउँदै बारम्बार खाने बानी सामान्य भइसकेको छ । तर के तपाईंलाई थाहा छ कि यो बानी तपाईंको स्वास्थ्यको लागि धेरै हानिकारक हुन सक्छ ? पुरानो आयुर्वेद होस् वा आजको आधुनिक विज्ञान, दुवैले यो बानीलाई खतरनाक मान्छन् ।
बारम्बार तताइएको खाना कम पौष्टिक र बढी विषाक्त हुन्छ भनेर विज्ञहरू पनि भन्छन् । आयुर्वेदमा यस्तो खानालाई अमावर्धक र वीर्यहीन भनिएको छ । यसको अर्थ यस्तो खानाले न त शरीरलाई शक्ति दिन्छ न त पेटमा राम्ररी पच्छ । बरु, यसले बिस्तारै शरीरलाई कमजोर बनाउँछ र रोगहरूको घर बनाइदिन्छ ।
आजको विज्ञानले पनि यो कुरा पुष्टि गर्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, पकाएको खानालाई पुनः तताउँदा यसको तापक्रम कम्तीमा ७० डिग्री सेल्सियस पुग्नुपर्छ ताकि सबै ब्याक्टेरिया मरून् । तर यो काम एक पटक मात्र गर्नुपर्छ । खानालाई पुनः तताउँदा यसको पोषक तत्वहरू नष्ट त हुन्छन् नै केही खाद्य पदार्थहरूले क्यान्सर निम्त्याउने रसायनहरू पनि बनाउन सक्छन् ।
यी चीजहरूलाई पुनः तताउँदा रहनुहोस् सावधान
प्रोटिनयुक्त खानेकुराहरूः
अण्डा वा कुखुराको मासुजस्ता प्रोटिनयुक्त खानेकुराहरूलाई बारम्बार तताउँदा तिनीहरूको प्रोटिन सन्तुलन बिग्रन्छ । शरीरलाई यसलाई पचाउन धेरै गाह्रो हुन्छ, जसले पाचन समस्याहरू निम्त्याउन सक्छ ।
पकाएको भात वा पास्ताः पकाएर धेरैबेरसम्म राखिएको भा वा पास्तामा ब्याक्टेरिया बढ्न सक्छ । यसलाई पुनः तताउँदा पनि यी ब्याक्टेरियाहरू पूर्ण रूपमा हराउँदैनन् । यसले खाद्य विषाक्तताको जोखिम धेरै गुणा बढाउँछ ।
आलु, रोटी र पकौडा, समोसा जस्ता तारेका खानेकुराः
यी चीजहरूलाई बारम्बार तताउँदा एक्रिलामाइड नामक रसायन बन्छ । यसलाई लामो समयसम्म सेवन गर्नाले क्यान्सर जस्तो गम्भीर रोग लाग्न सक्छ । एक्रिलामाइडको अत्यधिक सेवनले क्यान्सरको जोखिम बढाउँछ भनेर धेरै अनुसन्धानहरूले देखाएका छन् ।
त्यसोभए के गर्ने ?
आयुर्वेद र विज्ञान दुवैले एउटा सरल सल्लाह दिन्छन् कि खाना सधैँ ताजा र आवश्यकता अनुसार पकाउनु पर्छ । यदि खाना बाँकी छ भने, यसलाई सही तापक्रममा एक पटक मात्र तताउनुहोस् । फ्रिजमा खाना राम्ररी भण्डारण गर्ने प्रयास गर्नुहोस् ताकि त्यसमा ब्याक्टेरिया नबढोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण