युक्रेनको जेलमा रुसी आक्रमण, १७ कैदीको मृत्यु
काठमाडौँ । दक्षिण–पूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले भनेका छन् । घटनामा अरू ४२ जना घाइते भएको बताइएको छ ।
जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्याएको क्षेत्रीय नेता इभान फेडेरोभले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरेर आठ आक्रमण गरेको बताइएको छ ।
जेलमा “जानाजानी गरिएको आक्रमण“को युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले निन्दा गरेका छन् । उनले रुसमाथि युक्रेनीहरूको हत्या गरेको आरोप लगाएका छन् । युद्धविराम “धेरै पहिले नै लागू गर्न सकिन्थ्यो“ भनेर उनले भनेका छन् ।
जापोरिजिया युक्रेनको चार पूर्वी क्षेत्रहरू मध्ये एक हो। रुसले २०२२ मा यसलाई कब्जा गरेको दाबी गरेको थियो । यद्यपि यो क्षेत्र धेरै हदसम्म युक्रेनी नियन्त्रणमा छ ।
युक्रेनको न्याय मन्त्रालयले जेलमा चार वटा बम विस्फोट भएको बताएको छ। यस आक्रमणले भोजन कक्ष, प्रशासनिक मुख्यालय र क्वारेन्टाइन क्षेत्र ध्वस्त पार्यो । आक्रमणमा मारिएका र घाइते भएका सबै कैदी भएको मन्त्रालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण