सशस्त्रका डीआईजी मनिष थापालाई दर्ज्यानी चिन्ह प्रदान
मङ्गलबार, १३ साउन २०८२, २० : ११
काठमाडौँ । सशस्त्र प्रहरी बलका नवनियुक्त डीआईजी मनिष थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् ।
सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र नायव उपरीक्षक पदमा विशेष बढुवा भएका अधिकृतहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण