शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मोदीद्वारा ट्रम्पको युद्धविरामबारे दाबी खारेज

मङ्गलबार, १३ साउन २०८२, २१ : ५५
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • प्रधानमन्त्री मोदीले लोकसभामा ट्रम्पको युद्धविरामको दाबीलाई खारेज गरे, र भारतलाई सैन्य कारबाही रोक्न कसैले आग्रह नगरेको बताए।
  • उनले अमेरिकाका उपराष्ट्रपति भेन्सको फोन आएको र पाकिस्तानको आक्रमणको योजनाबारे जानकारी दिएको खुलाए, र कडा प्रतिक्रिया दिने बताए।
  • मोदीले अप्रिल २२ को पहलगाम आक्रमणको २२ मिनेटमै बदला लिएको र सेनाको क्षमताको प्रशंसा गरे, तर विपक्षीको आलोचना गरे।

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा 'अपरेशन सिन्दूर' सम्बन्धी बहसका क्रममा ‘विश्वका कुनै पनि नेताले भारतलाई सैन्य कारबाही रोक्न आग्रह गरेनन्’ भन्दै विपक्षी दलका नेता राहुल गान्धीले उठाएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविरामको दाबीलाई खारेज गरेका छन्।

प्रधानमन्त्री मोदीले मे ९ को राति संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जे. डी. भान्सबाट फोन आएको खुलासा गरे। ‘भान्सले मलाई एक घण्टासम्म सम्पर्क गर्ने प्रयास गर्नुभयो, तर म सेनासँगको बैठकमा व्यस्त थिएँ। मैले फोन उठाउन सकिनँ,’ मोदीले भने।

मोदीका अनुसार जब उनले पछि फोन फर्काए, भेन्सले उनलाई पाकिस्तानले ठूलो आक्रमणको योजना बनाइरहेको जानकारी दिएका थिए। "मेरो जवाफ थियो: यदि यो पाकिस्तानको मनसाय हो भने, त्यसले ठूलो मूल्य चुकाउनुपर्नेछ,’ मोदीले भने, ‘मैले थप भनें, हामी गोलीको जवाफ मिसाइलले दिनेछौँ ।’

भारतको सैन्य प्रतिक्रियाबारे बोल्दै, मोदीले अप्रिल २२ को पहलगाम आक्रमणको २२ मिनेटमै बदला लिइएको बताए । ‘पाकिस्तानले केही गर्न सकेन। हाम्रा सशस्त्र सेनाले अप्रिल २२ मा भएको आक्रमणको २२ मिनेटभित्रै सटीक हमला गरेर बदला लिए,’ मोदीले भने।

प्रधानमन्त्रीले भारतीय सशस्त्र सेनाले पहिलो पटक "अभेद्य" लक्ष्यहरूमा पुगेर तिनीहरूलाई नष्ट गरेकोमा पनि प्रशंसा गरे। उनले यसले भारतको प्रविधिगत क्षमता र आत्मरक्षाको अधिकारलाई स्थापित गरेको बताए। 

मोदीले यस अपरेशनको क्रममा विश्वभरबाट भारतलाई समर्थन मिलेको तर विपक्षी दल, विशेषगरी कांग्रेसले आफ्ना सैनिकहरूको साहसलाई समर्थन नगरेकोमा खेद व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप