बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
धूम्रपानविरूद्ध काठमाडौँ महानगरपालिकाको जनचेतना अभियान, तस्बिरहरू
फोटोफिचर

धूम्रपानविरूद्ध काठमाडौँ महानगरपालिकाको जनचेतना अभियान, तस्बिरहरू

बुधबार, १४ साउन २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर धूम्रपानविरुद्ध जनचेतना अभियान चलाइरहेको छ । हालै मात्रै काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने नियम लागु गरेको थियो । 

mahanagar no smoking (1)

यस अन्तर्गत विभिन्न सार्वजनिक स्थानहरूमा नगर प्रहरी ब्यानर बोकेर सार्वजनिक स्थानमा धूम्रपान नगर्न चेतना फैलाइरहेका छन् । दैनिक रूपमा बिहान ९ बजेदेखि दुई घण्टाका लागि नगर प्रहरीहरू सार्वजनिक स्थानमा प्ले कार्ड बोकेर उभिने छन् । सार्वजनिक स्थानमा धूम्रपान गरेमा जरिवाना तिराउने नियम हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै गरिएको हो ।

mahanagar no smoking (2)

महानगरभित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको छ । 

mahanagar no smoking (3)

नगरसभाबाट पास गरेको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ ।  निजी सम्पत्ति बाहेकका अन्य स्थलहरू धूम्रपान निषेध गरिएको छ ।

mahanagar no smoking (4)mahanagar no smoking (5)mahanagar no smoking (6)mahanagar no smoking (7)mahanagar no smoking (8)mahanagar no smoking (9)mahanagar no smoking (10)mahanagar no smoking (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया