मिथिलाञ्चलका मन्दिरहरूमा झुलनोत्सवको रौनक सुरु
सारांश
- मिथिलाञ्चलका मन्दिरहरूमा साउन महिनाभरि झुलनोत्सव मनाइँदैछ, जसमा भगवान सीताराम र राधाकृष्णलाई झुलाउने गरिन्छ।
- झुलनोत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने र यस अवसरमा कजरी, मलारलगायतका गीत गाउने चलन छ।
- पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको झुलनोत्सवलाई जोगाउन तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
धनुषा । मिथिलाञ्चलका मन्दिरहरूमा साँझपख झुलनोत्सवको रौनक सुरु भएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वीहरुले मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाउन सुरु गरेका हुन् । साउन शुक्ल तृतीया तिथिबाट सुरु भएको झुलनोत्सव साउन पूर्णिमासम्म चल्ने गर्दछ ।
झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा छ । यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा छ ।
एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजन कीर्तन र लोक कथाहरू सुनाइने जानकी मन्दिरका उत्तराधिकारी महत्थ रामरोशन दास वैष्णवले बताए । मणिपर्वत विधिबाट सुरु भएको झुलनोत्सवको क्रममा प्रत्येक साँझ कजरी मलार लगायतको धार्मिक महत्त्व झल्किने गीत गाएर भगवानलाई झुला झुलाउने परम्परा छ । तर पछिल्लो समय झुलामा गाइने लोकगीत कजरी, मलार जस्तै झुलाको परम्परा समेत लोपोन्मुख अवस्थामा पुगेको छ । यद्यपि देशमा माओवादी सशस्त्र द्वन्द्वपछि बिस्तारै झुलनोत्सवमा ह्रास आएको उत्तराधिकारी महत्थले बताए ।
उनले हिन्दु धर्मावलम्वीको यो विशेष परम्परालाई जोगाउन तीनै तहको सरकारले ध्यान दिन नसकेको गुनासो गरे । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको मध्यरातमा झुलनोत्सवको धागो काटेर विधिवत् रूपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण