धनकौल गाउँपालिकाले सिँचाइका लागि शून्य शुल्कमा सेवा प्रवाह गर्ने
सारांश
- सर्लाहीको धनकौल गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्रका नागरिकलाई राहत दिन शून्य शुल्क नीति लागू गर्यो।
- गाउँपालिकाले मालपोत कर, व्यक्तिगत घटना दर्ता दस्तुर र प्रतिलिपि दस्तुर निःशुल्क गर्ने निर्णय गरेको छ।
- पानीको अभावलाई सम्बोधन गर्न डीप बोरिङ जडानलाई निरन्तरता दिने निर्णय गरियो।
सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले विभिन्न सेवाहरूमा शून्य शुल्क नीति लागू गर्ने घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष रामआश्रय साहको नेतृत्वमा मंगलबार बसेको कार्यपालिका बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि धनकौल गाउँपालिकाभित्रको मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर र प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क गर्ने निर्णय गरेको हो ।
यो निर्णयले लामो समयदेखि आर्थिक भार र प्रशासनिक झन्झट खेपिरहेका किसान तथा आम नागरिकलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ । अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा सुख्खाको चपेटामा परेका जनतालाई सहयोग पुर्याउन यो कदम चालिएको उल्लेख छ ।
बैठकले पानीको अभावलाई सम्बोधन गर्न डीप बोरिङ जडान कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण