'फिल्म सिटामोलले मनको पीडालाई राहत दिन्छ'
सारांश
- यो फिल्म कर्णाली क्षेत्रको सामाजिक यथार्थ, जनयुद्धपछिको मनोविज्ञान, मानसिक पीडा र सम्बन्धको विषयमा केन्द्रित छ।
- अभिनेत्री बेनिशा हमालले यो फिल्म सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने कथामा आधारित रहेको बताइन्।
- अभिनेता सौगात मल्लले फिल्ममा 'सिटामोल' औषधिको प्रतीकको रूपमा प्रयोग गरिएको बताए।
काठमाडौँ । ‘सिटामोल’ यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ ।
कर्णाली क्षेत्रको सामाजिक यथार्थ, जनयुद्धपछिको मनोविज्ञान, मानसिक पीडा र सम्बन्धको विषयमा निर्माण भएको फिल्मले ग्रामीण जनजीवनको कष्टसमेत उजार गर्ने निर्माण टिमले बताएको छ ।
अभिनेत्री बेनिशा हमाल भने यो फिल्ममा बिग्रिएको सम्बन्ध सुधार्ने कथा भएको बताउँछिन् । ‘सिटामोल औषधिले सबै रोग त ठीक गर्दैन, तर हाम्रो फिल्म ‘सिटामोल’ले सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने कुरा सिकाउँछ ।’ आफ्नो मान्छेले साथ दिँदा जीवन कसरी सही ढंगबाट अगाडि बढ्छ भन्ने फिल्मले गहिरिएर देखाउने उनको भनाइ छ ।
अभिनेता सौगात मल्ल फिल्ममा ‘सिटामोल’ औषधिको रूपमा नभएर एक प्रतीकको रूपमा प्रयोग गरिएको बताउँछन् । ‘शरीरको पीडामा सिटामोलले राहत दिन्छ भने, यो फिल्ममा रहेको मनको पीडामा यसले काम गर्छ ।’
सौगातले आफूले खेलेका सबैभन्दा भावुक फिल्ममध्ये ‘सिटामोल’ एक भएको बताए । भने, ‘जब कथा सम्झिन्छु, आँसु आफैँ आउँछ ।’
राजबहादर सानेको निर्देशन रहेको फिल्ममा सौगात र बेनिशाको अलावा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण